हेटौंडामा सवारी दुर्घटना हुँदा ६ जना घाइते

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार १०:१३

मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबार सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ तिनताप्केस्थित पूर्व–पश्चिम सडकखण्डमा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९१२३ नं.को माटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको ना १ ह ९७०५ नं.को अटो एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाइते हुनेहरुमा माटरसाइकल चालक मनहरी गाउँपालिका– ४ हाडीखोला मसिने बस्ने ४३ वर्षीय तिर्थ राज केसी, अटो चालक स्थानीय ३५ वर्षीय टंकबहादुर राक्से, उनका भाई २७ वर्षीय बिजय कुमार राक्से, बुवा ५५ वर्षीय जितबहादुर राक्से, श्रीमती ३३ वर्षीया शर्मिला राक्से, छोरा १० वर्षीय सक्सेस राक्से रहेका छन् । उनीहरुको चुरेहि अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।