बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या २०५४४ पुग्यो

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार ०९:३७
file-photo

मकवानपुर । बागमती प्रदेशमा डेंगू संक्रमितको संख्या साढे २० हजार नाघेको छ । प्रदेशमा हालसम्म २० हजार ५४४ जनामा डेंगु संक्रमण पुष्टि भएको निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेशको मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र धादिङ जिल्लामा डेंगु संक्रमण रोग नियन्त्रणभन्दा बाहिर जान थालिएको छ ।

डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् । त्यहाँ ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, डेंगु संक्रमण हुने जिल्लाहरुमा क्रमशः ललितपुरमा ६ हजार २५४, मकवानपुरमा २ हजार ६९१, भक्तपुरमा १ हजार ५७, चितवनमा ६०१ र धादिङमा ४४९ जना रहेका छन् ।

यसैगरी, काभ्रेमा १७२, नुवाकोटमा १०१, सिन्धुलीमा ९६, रामेछापमा ९०, सिन्धुपाल्चोकमा ७४, दोलखामा ५५ र रसुवामा ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।