हेटौंडाका पाँच जनालाई ह्वीलचियर सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले शारीरिक रुपमा अशक्त भई हिँड्डुलमा समस्या व्यहोर्दै आएका नगरभित्रका पाँच जनालाई ह्वीलचियर सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले नगरभित्रका ४ वटा वडाका ५ जनालाई ह्वीलचियर हस्तान्तरण गरेकी हुन् ।
ह्वीलचियर प्राप्त गर्नेहरुमा क्रमशः हेटौंडा–१४ का मानबहादुर बल, हेटौंडा–१३ का दिलमाया स्याङतान, हेटौंडा–१९ का कुमार अर्याल, श्यामबहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनी रहेका छन् ।
उपमहानगरपालिकाले यसअघि पनि नगरभित्र रहेका शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई ह्वीलचियरलगायत स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै आएको थियो ।
