लागूऔषधसहित ३ जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार ०९:५०
सांकेतिक तस्बिर

झापा । झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर १३ ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा इलाम माई नगरपालिका २ बस्ने वर्ष २२ का केबिन्द्र गोले, सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन् ।

उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।