समाचार

दुर्घटनामा परेर गुरुङको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा गएराती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्वरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गोरखाको...

कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया । बर्दियाबाट कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दाका फरार प्रतिवादीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गेरूवा गाउँपालिका–४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । क्षेत्री...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता उतारचढाव देखिएको शेयरबजार आज २३.८३ अंकले घटेर नेप्से इन्डेक्स १८१५ मा पुगेको हो । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७ करोडमाथिको कारोबार...

सौतेनी आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज । सौतेनी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तेतरी देवीको हत्या गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई पक्राउ गरेको हो । जय किशोरलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ...

लागूऔषधसहित बस्नेत पक्राउ

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ९ भिमानस्थित सडकबाट प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्वर ७ बस्ने २५ वर्षीय बिमल बस्नेत रहेको प्रहरीले जनाएको छ । बस्नेतलाई ईलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले ५...

कांग्रेस बागमती प्रदेशको घोषणापत्र तयारी समिति गठन

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरेको छ । कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टी विधानको व्यवस्था बमोजिम आसन्न निर्वाचनका लागि प्रदेश कार्यसमितिका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय...

मकवानपुरमा २७४५ जनाले दिए म्यादी प्रहारीका लागि आवेदन

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा म्यादी प्रहरीमा भर्ना हुन २७ सयभन्दा बढीले आवेदन दिएका छन् । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन २ हजार ७ सय ४५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत भदौ ३० गतेदेखि...

सत्ता गठबन्धनले आजबाट प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्ने

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले आजबाट प्रदेश सभाको सिट बाँडफाँटको लागि छलफल थाल्ने भएको छ । प्रतिनिधि सभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी...

सोह्र श्राद्ध आज सकिँदै

मकवानपुर । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको...