शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार १५:३४

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता उतारचढाव देखिएको शेयरबजार आज २३.८३ अंकले घटेर नेप्से इन्डेक्स १८१५ मा पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य रहेका छन् । सर्वाधिक लगानी सूचक २.८२ प्रतिशत र फाइनान्स सूचक २.५७ र हाइड्रोपावर सूचक २.५४ प्रतिशतले घटेको छ ।