लागूऔषधसहित बस्नेत पक्राउ
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ९ भिमानस्थित सडकबाट प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्वर ७ बस्ने २५ वर्षीय बिमल बस्नेत रहेको प्रहरीले जनाएको छ ।
बस्नेतलाई ईलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले ५ सय ९८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बडाइएको छ ।
