दुर्घटनामा परेर गुरुङको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार १५:५९
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको बसुन्धारामा गएराती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्वरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । उनी स्कुटर चालक हुन् ।

दुर्घटनामापरेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।