सत्ता गठबन्धनले आजबाट प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्ने

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार ०८:४८
file-photo

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले आजबाट प्रदेश सभाको सिट बाँडफाँटको लागि छलफल थाल्ने भएको छ । प्रतिनिधि सभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो । त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।