समाचार

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सेको छैन । घाइतेहरु दबै जनाको उपचार भइरहेको...

आजबाट सुरु भयो दसैं, यस्तो देखियो हेटौंडाको भुटनदेवी मन्दिरमा (फोटोफिचर)

मकवानपुर । नेपालीहरुको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । आज दसैंको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान १०ः२३ बजे रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक...

सानसुई जापनिज ल्याङ्ग्वेज इन्स्टिच्यूूट हेटौंडाद्वारा जर्सी सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित नमोबुद्ध क्लबलाई फुटबल जर्सी सहयोग गरिएको छ । उक्त टिमलाई सानसुई जापनिज ल्याङ्ग्वेज इन्स्टिच्यूूट हेटौंडाले १६ सेट फुटबल जर्सीको सेट सहयोग गरेको हो । क्लबलाई इन्स्टिच्यूूटका संचालक सुमि लामा गोङ्बाले आइतबार एक कार्यक्रमबीच २१ हजार रुपैयाँ बराबरको १६ सेट फुटबल जर्सी...

हेटौंडा–३ का सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमबाट शिक्षा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा रहेका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा निःशुल्क रुपमा पढाउन सुरु गरिएको छ । वडा शिक्षा समन्वय समितिले निःशुल्क रुपमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएसँगै आइतबारबाट सामुदायिक विद्यालयहरुले पठनपाठन सुरु गरेका हुन् । वडामा रहेका बाल उज्जवल मावि र महेन्द्र किरण...

विभिन्न राजनीतिक दलले गरे निर्वाचनसम्बन्धी आचारसंहितामा हस्ताक्षर

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले निर्वाचनसम्बन्धी आचारसंहितामा हस्ताक्षर गरेका छन् । उनीहरूले निर्वाचन आयोग पुगेर आचारसंहितामा हस्ताक्षर गरेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिबद्धता जनाउन आयोग गरेका राजनीतिक दलका शीर्ष नेताले हस्तक्षर गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली...

राष्ट्रपतिद्वारा चुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंस्रि ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनामा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार, सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्न सेना परिचालन गर्न स्वीकृती प्रदान...

थप ५१ जनामा कोरोना संक्रमण, १०० जना संक्तमणमुक्त

काठमाडौं । देशभर थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाका नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र...

हेटौंडाको डाटा सेन्टरमा लागेको आगो नियन्त्रणमा आयो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । सेन्टरको ब्याट्री ब्याकपमा करेन्ट सट भएर लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले तु खबरलाई जानकारी दिए । उनका अनुसार, दिउँसो...

मकवानपुरमा सवारी दुर्घटना हुँदा १० जना घाइते, तीनको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको भीमफेदीमा सावरी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ५५२३ नम्वरको सुमो भीमफेदी–६ सिमल्टारमा अनियन्त्रित दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय...

हेटौंडाको डाटा सेन्टरमा आगलागी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार दिउँसो आगलागी भएको छ । सेन्टरको ब्याट्री ब्याकपमा करेन्ट सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । उनका अनुसार, करिब १ घण्टादेखि लागेको आगो अझै नियन्त्रणमा...