समाचार
निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक दलहरूसँग छलफल गर्दै
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गर्न लागिएको आयोगका प्रवक्ता...
ढुंगेधारा पर्यटन मञ्चद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना
मकवानपुर । ढुंगेधारा पर्यटन विकास मञ्च एवम् ढुंगेधारा टोल विकास संस्था हेटौंडा–५ को आयोजनामा शनिबार शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको छ । नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव शंकर खड्काले जानकारी दिए । कार्यक्रम संस्थाका अध्यक्ष पदमबहादुर...
मनहरीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ बसन्तपुरमा महिलाको पाठेघरको क्यान्सरसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । उक्त शिविर जेसीआई बस्तिपुर हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्वर ५ को समन्वयमा सम्पन्न भएको हो । शिविरमा ७४ जनाको...
मदन भण्डारी फाउण्डेसनको आयोजनामा शुभकामना आदानप्रदान
मकवानपुर । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिबार हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता एवम् फाउण्डेसनका केन्द्रीय नेता तथा बागमती प्रदेशका पूर्ब मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।...
हेटौंडामा पत्रकारसँग लैङ्गिक अल्पसंख्यकको अन्तरक्रिया
मकवानपुर । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या र समुदायको अधिकार प्राप्तीका लागि भइरहेका कामहरुको विषयमा हेटौंडामा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारको लागि वकालत गरिरहेको संस्था ब्लु डाइमण्ड सोसाइटी र फ्रेन्ड्स् हेटौंडाको आयोजनामा भएको हो । अधिकारकर्मीहरुले संविधानमा उल्लेख...
नेपाल टेलिकमले ल्यायो दसैँ अफर
काठमाडौं । नेपाल टेलिकमले दसैँ अफर उपलब्ध गराउने भएको छ । टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफरहरू उपलब्ध गराउने भएको हो । ती अफरहरु असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । डाटा प्याक अन्तर्गत रु.२९४ मा २० जीबी डाटा...
थप ७४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । देशभर थप ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण...
पर्याप्त कोइला नहुँदा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले केही दिनदेखि उत्पादन बन्द गरेको छ । विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योग संचालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा उत्पादन बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । उनका अनुसार, बोलपत्र आह्वान गरी...
ट्रकको ठक्कबारट एक जनाको मृत्यु
ललितपुर । ललितपुरको ग्वार्कोमा ट्रकले ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार साँझ बाटो काट्ने क्रममा बा २ ख ८४ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा सिन्धुलीका ४२ वर्षिय नरबहादुर कामीको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । घाइते उनको...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको जनाएको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि...










