समाचार

ट्रयाक्टरले किचेर बालकको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शुक्रबार बिहान ट्रयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशील पाुवान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ना ३ त १४३६ नम्बरको ट्रयाक्टरमा सवार सुशील ट्रयाक्टरबाट सडकमा खसेका थिए । त्यसपछि सोही...

निर्वाचन आयोग : चुनाव घोषणापछिका रकमान्तरको विवरण माग

काठमाडौं । निर्वाचन आयोगले अर्थमन्त्रालयसँग चुनाव घोषणापछिका रकमान्तरको विवरण माग गरेको छ । अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै आयोगले विवरण बुझायन माग गरेको हो । आयोगले चुनावको मिति घोषणा भएपछि अर्थात् साउन १९ गतेयता...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै...

भुटानी शरणार्थीको हत्या गरेको आरोपमा ९ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एल.बि. (लाल बहादुर गुरुङ)को हत्या गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ...

जलचर प्राणीको संरक्षण गर्नुपर्ने भन्दै उपमहानगरको ध्यानाकर्षण

मकवानपुर । जलचर प्राणी संरक्षण तथा सम्र्वद्धन समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । समितिका संयोजक विनोद महत र संरक्षक भीमसेन महतले विहिबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ध्यानाकर्षण पत्र बुझाउँदै जलचर प्राणीको रक्षाका लागि उपमहानगरपालिकालाई विशेष योजना अघि सार्न आग्रह गरेका छन् । खोलामा गाडि धुने कार्य...

कलाकार राजु महोत्रा मृत अवस्थामा फेला

बुटवल । बुटवलका कलाकार राजु महोत्रा मृत अवस्थामा फेला परेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेको बुटवल प्रहरीले जनाएको छ । अन्दाजी ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा...

नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक जना नेतालाई प्रहरीले पेस्तोल र ग्रिनेडसहित पक्राउ गरेको छ । नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् । जाजरकोटको नलगाड नगरपालिका–६ सिर्केबाट पक्राउ परेका शाहीको...

दुर्घटनामा परेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा अपि हिमाल गाउँपालिका९६ का दिनेशसिंह धामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्वरको जीप पल्टिँदा उनको मृत्यु भएको हो ।...

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी तत्काल सरुवा नगर्न निर्देशन...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही...