भुटानी शरणार्थीको हत्या गरेको आरोपमा ९ जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ७, शुक्रबार १५:१७

झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एल.बि. (लाल बहादुर गुरुङ)को हत्या गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई रहेका छन् ।

बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने गुरुङलाई गत बुधबार दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुलनजिकै खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।