समाचार

म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजारको आवेदन दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ जनाले आवेदन दर्ता गराएका छन् । देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दर्ता गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी...

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटबारे आज सुनुवाइ हुने

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानून व्यवसायीहरुको पाँच वटा रिट परेको थियो । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको...

मकवानपुरमा डेंगु संक्रमितको संख्या २१ सय नाघ्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमित बिरामीको संख्या २१ सय नाघेको छ । जिल्लामा बिहीबार १३१ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ सय नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार, जिल्लामा बिहीबारसम्म डेंगु संक्रमण हुनेको संख्या २ हजार १०८ जना पुगेको छ । जसमध्ये पुरुष...

भीमफेदी दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा बिहीबार दिउँसो भएको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये ६ जनाको पहिचान खुलेको...

राष्ट्रपतिको कार्यालयविरुद्ध रिट दर्ता

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा ५ वटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्‍बाट पास भएको विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध रिट परेको हो । सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता सुनिलरञ्जन सिंहले दर्ता गराएका रिटको...

लागूऔषधसहित मकवानपुरका एक किशोर पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–६ लोथरबाट लागूऔषध अफिम १ किलो ८ सय ग्रामसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त...

भीमफेदी दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार दिउँसो भएको सवारी दुर्घटना परेर मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेहरुमा तीन जना महिला,...

हेटौंडामा रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान संचालन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट निःशुल्क रुपमा रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले ‘एक स्वास्थ्यको अवलम्वन, रेविजबाट शुन्य निधन’ भन्ने नारासहित आजबाट भ्याक्सिन लगाउने अभियान संचालन गरिएको हो । हेटौंडा– ४ कर्रास्थित कार्यालय परिसरमा संचालन भएको उक्त अभियान...

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको...

कार्कीको च्यानाकुटी झ्याँई सार्वजनिक

बारा । मोफसलमा रहेर पनि लामो समयदेखि गीत संगितमा सक्रिय गायक देवेन्द्र कार्कीको च्यानाकुटी झ्याँई सार्वजनिक भएको छ । प्रविन सनतको शब्द तथा विकास पाण्डेको संगीत रहेको गीतको भिडियोलाई सुवास गहतराजले निर्देशन गरेका हुन् । हेटौडा आसपासको क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा विशाल श्रेष्ठ, अञ्जली रसाईली, विश्वास लगायतकाको अभिनय...