समाचार

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा...

आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

काठमाडौं । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता...

१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ...

हेटौंडाबाट बरामद गरिएको खान अयोग्य माछा नष्ट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे प्रहरी चेकपोष्ट बरामद गरिएको खान अयोग्य माछा बुधबार नष्ट गरिएको छ । मकवानपुर प्रहरी र चितवन माछा व्यवसायी संघको संयुक्त टोलीले असोज ३ गते बरामद गरेको ८० किलो खान अयोग्य माछा प्रहरी चौकी रातोमाटेको पछाडी रहेको जंगलमा खाल्डो खनी  नष्ट गरिएको...

थप ८१ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २६ घण्टामा ३ हजार ४४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा १७५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४८३...

ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगलागी, ३ जना घाइते

काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चितवनका ३० वर्षीय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह रहेका छन् । उनीहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा जलेका उनीहरुलाई...

कैलालीमा एक युवक मृत फेला

धनगढी । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बडेला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेको हो । मृत अवस्थामा फेला परेका युवकको टाउको...

उपेन्द्र यादवले भनेः हेटौंडामा २५ मिटर सडक विस्तार हुनुपर्छ

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हेटौंडामा २५ मिटर सडक विस्तार आवश्यक रहेको बताएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताए । उनले सडक क्षेत्रमा पर्ने घरधनीको पहिचान गरी राज्यले क्षतिपूर्ति उपलब्ध गराएर सडक विस्तार गर्न...

राष्ट्रपतिले अपराध गर्नुभयोः उपेन्द्र यादव

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोश्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले अपराध गरेको बताएका छन् । हेटौंडामा पार्टी पुर्नगठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राष्ट्रपतिको कदमले मानव अधिकार खोसिएको भन्दै चिन्ता व्यक्त गरे । संरक्षकबाटै...

हेटौंडा–५ स्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण

मकवानपुर । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण गरिएको छ । भैरव अर्यालको ८६ औं जन्मजयन्तिको अवसरमा बुधबार एक कार्यक्रमबीच प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा बरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले माल्यार्पण गर्दै मन्तव्य...