समाचार
मकवानपुरमा सवारी दुर्घटना, एक जना घाइते
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मंगलबार साँझ मनहरी गाउँपालिका वडा नम्वर ८ देवकोटस्थित भित्री सडकखण्डमा देवकोटबाट मनहरीतर्फ आउँदै गरेको ना ६९ प ३११६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
ग्रामीण महिला सेवा केन्द्रको अध्यक्षमा स्याङ्तान
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको अध्यक्षमा सुलोचना स्याङ्तान निर्विरोध चयन भएका छन् । केन्द्रको हेटौंडामा भएको २१ औं साधारणसभा र ९ औं अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । यस्तै, केन्द्रको उपाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएका छन् । उनी संस्थाकी पूर्वअध्यक्ष समेत हुन्...
झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा सञ्जेल निर्वाचित
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल निर्वाचित भएका छन् । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, झरनाको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा मसान उपासक, कोषाध्यक्षमा कृष्ण घतानी, सहसचिवमा सन्तराम राई चयन भएका...
बकैयामा प्रज्ञा प्रतिष्ठानको संयोजकमा गौतम, सदस्य सचिवमा उपासक
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा दीपक गौतमको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा गौतमको संयोजकत्वमा ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन भएको हो । मकवानपुरका १० वटा पालिकामध्ये स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका बनेको छ ।...
नक्कली नोटसहित भोगान्द पक्राउ
काठमाडौं । ७३ थान हजारको नक्कली नोटसहित प्रहरीले जनाएका लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेका छन् । उनलाई मंगलबार दिउँसो चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्वरको बसमा...
अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको हो । यही असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन...
राप्रपा नेपालको हेटौंडामा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ । मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्तीमार्फत जानकारी दिए । स्थगित वृहत भेलाको नयाँ मिति भने तोकिएको...
देशभर ७४ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५३५ जनाको पीसीआर र १ हजार ९७७...
प्राकृतिक जलाशय मत्य प्रर्बद्धन एवम् संरक्षण केन्द्रको आयोजनामा वृक्षारोपण
मकवानपुर । प्राकृतिक जलाशय मत्य प्रर्बद्धन एवम् संरक्षण केन्द्रले मंगलबार हेटौंडामा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवस २०७९ को अवसरमा केन्द्रले वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा निम, कपुर, बिजयसाल, सतिसाल, छत्तिवन बिरेन्द्रफुल, गोलमोहोर लगायतका विभिन्न नामका विरुवाहरु रोपिएको...
बागमतीमा मानव अधिकार उल्लंघनका ३३ घटना
मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा ३३ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार, प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा ३३ वटा मानव अधिकार उल्लंघनका घटना भएको हो । आयोगको प्रतिवेदन अनुसार त्यसमध्ये नागरिक तथा राजनीतिक अधिकार ऊल्लंघनका १७, आर्थिक, सामाजिक तथा सांस्कृतिक...










