समाचार

नेपालमा डेंगुका कारण २० जनाको मृत्यु

काठमाडौं । नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, देशभरश्रावण महिनायता २० जनाको मृत्यु भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा १२...

बाढीका कारण हेटौंडा–भीमफेदी सडकखण्ड बन्द

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रनुका साथै पानीको सतह बढेकोले दुबै तर्फका यात्रुबाहक सवारी साधन बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...

ग्यास लिक भई आगलागी हुँदा एक जनाको मृत्यु

काभ्रे । काभ्रेमा सोमबार बिहान ग्यास लिक भई आगलागी हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै डेरामा खाना पकाउने क्रममा...

देशभर ९१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९२४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणका कारढा कुनै पनि...

मकवानपुरमा खोलामा डुबेर एक बालकको मृत्यु

मकवानपुर । मकवानपुरमा आज सोमबार दिउँसो खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ४ बाममारास्थित ल्वाजोर खोलामा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही वडाका बस्ने बिष्णुबहादुर खत्रीको भान्जा चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका कृष्णबहादुर...

बकैया जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज बकैया–४ जुरेलीस्थित शक्तेश्वर महादेब मन्दिर सरसफाई तथा अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरिएको छ । विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा...

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ । नेता हिमलाल पुरीका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ । यस्तै, प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।

संविधान जलाउने मकवानपुरका दुईसहित पाँच जना पक्राउ

काठमाडौं । संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बारा घर भई थानकोट बस्ने २५ वर्षीय निश्चल अधिकारी, पर्वत घर भई बनस्थली बस्ने ४६ वर्षीय चन्द्रप्रकाश...

करेन्ट लागेर दुई जनाको मृत्यु

दाङ । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृ्त्यु हुनेहरुमा जिल्लाको गुलरिया नगरपालिका वडा नं. ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नं. ८ दूधाका ३३ वर्षीय शनिराम थारु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, धोवीलाई घरमै करेन्ट लागेको थियो । उनलाई...

हेटौंडा अस्पताललाई डेंगु परीक्षणका लागि किट सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले डेंगु परीक्षणका लागि हेटौंडा अस्पताललाई किट सहयोग गरेको छ । सोमबार उपमेयर राजेश बानियाँले अस्पतालमा पुगी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटालाई १ हजार थान किट हस्तान्तरण गरेका हुन् । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले डेंगु रोग न्यूनिकरणका लागि परीक्षणलाई तीव्रता दिई उपचार सेवा प्रवाह...