समाचार
हेटौंडा अस्पताललाई डेंगु परीक्षणका लागि किट सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले डेंगु परीक्षणका लागि हेटौंडा अस्पताललाई किट सहयोग गरेको छ । सोमबार उपमेयर राजेश बानियाँले अस्पतालमा पुगी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटालाई १ हजार थान किट हस्तान्तरण गरेका हुन् । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले डेंगु रोग न्यूनिकरणका लागि परीक्षणलाई तीव्रता दिई उपचार सेवा प्रवाह...
जापानिज इन्सेफ्लाइटिसबाट थप १ जनाको मृत्यु
चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघि नै मृत्यु भएको ढिला गरी थाहा भएको स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईले जानकारी...
मकवानपुरका ५ जना पनि विभूषित हुने
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । सरकारले संविधान दिवसको अवसरमा घोषणा गरेको विभिन्न मानपदवी, अलंकार र पदकमध्ये सुप्रबल जनसेवाश्रीबाट प्रजिअ पाण्डे विभूषित हुँदैछन् । त्यस्तै प्रबल जनसेवाश्रीबाट मकवानपुरका ३ जना विभूषित हुँदैछन् । सरकारले सार्वजनिक गरेको सूचिमा जिल्लाका, हेटौंडा ४...
संविधानको रक्षा एवम् पूर्ण पालना गर्न प्रतिवद्ध छौँः मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संविधानको मर्म...
सडेको अवस्थामा ३ जनाको शव भेटियो
धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । जिल्लाको लाझाडी गाउँपालिका र पुनवाृस नगरपालिकामा गरी तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।...
संविधान दिवसमा ९९८ जनालाई विभूषण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन...
३६९ जनाले गराए निःशुल्क मोतिविन्दुको शल्यक्रिया
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालमा ३ सय ६९ जना मोतिविन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया गरेका छन् । गत भदौ २८ देखी ३० गतेसम्म संचलन भएको निः शुल्क आँखा शिविरमा उनीहरुले मोतिविन्दुका शल्यक्रिया गरेका हुन् । तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुईतसहित हेटांैडा सामुदायिक आँखा अस्पतालको प्राविधिक...
‘संविधानको मर्म र भावनालाई पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरसः पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा...
माओवादी कार्यदलले हटायो समानुपातिक सूचीका १६ सय नाम
काठमाडौं । समानुपातिक बन्द सूची टुंग्याउन नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले जिल्ला, प्रदेश हुँदै आएका करिब १६ सय नाम हटाएको छ । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि छलफल गरेको थियो । नाम धेरै आएको भन्दै पार्टीले तय गरेका मापदण्ड र संविधानले...
६८१ कैदीको सजाय मिनाहा
काठमाडौं । आठौं संविधान दिवसका अवसरमा ६८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार, कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका १८१ कैदीको कैद सजाय मिनाहा गरेकी हुन् । उनले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ...









