३६९ जनाले गराए निःशुल्क मोतिविन्दुको शल्यक्रिया

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार ०९:५२

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालमा ३ सय ६९ जना मोतिविन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया गरेका छन् । गत भदौ २८ देखी ३० गतेसम्म संचलन भएको निः शुल्क आँखा शिविरमा उनीहरुले मोतिविन्दुका शल्यक्रिया गरेका हुन् ।

तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुईतसहित हेटांैडा सामुदायिक आँखा अस्पतालको प्राविधिक टोलीले मोतिविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हेटांैडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

तेज कोहली एण्ड रुईट फाउण्डेशनको सहयोगमा हेटौडा सामुदायिक आँखा अस्पतालले निःशुल्क आँखा जाँच एवम् मोतिविन्दुको शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो ।

मकवानपुरको भीमफेदी, मनहरी, बागमती गाउँपालिका, बाराको फत्तेपुर, निजगढ, कोल्वि, पर्साको कटैया रौतहटको गजुरा र सिन्धुलीको पिपलमाढी र चनेश्वरमा निःशुल्क शिविर आयोजना गरी २ हजार ८२२ जना बिरामीहरुको आँखा परीक्षण गरी ४ सय ९४ जना बिरामीहरुमा मोतिविन्दु पाईएका जनाइएको छ ।