समाचार
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेस प्रदेशका...
आज संविधान दिवस मनाइँदै
काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष...
हेटौंडा उपमहानगरद्वारा ३० वटा सहकारीलाई कोपोमिस तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका भित्र रहेका सहकारीलाई कोपोमिस (सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम दिईएको छ । सहकारीहरुमा रहेको बेथिती हटाउनका लागि उपमहानगरपालिकाले नगर भित्रका ३० वटा सहकारीलाई पहिलो चरणको तालिम दिइएको हो । दुई दिने तालिमको समापन गर्दै कार्रबाहक नगर प्रमुख राजेश बानियाँले तालिमले सहकारी व्यवस्थापनमा भुमिका...
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुल्ला
काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार विभागले एक...
जेष्ठ नागरिक र अपाङ्गताका लागि डेल्थ डेक्स संचालन
सिन्धुली । सिन्धुली जिल्लाको मणि गाउँपालिकाले असोज महिनादेखि आफ्नै पालिकाको भवनमा जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डेल्थ डेक्सको स्थापना गरेको छ । पालिका कार्यालयमा आएका गाउँपालिकाको ७ वटै वडाका जेष्ठ नागरिक, अशक्त र अपाङ्गता व्यक्तिहरुलाई सहज होस् भन्ने हेतुले गाउँपालिकाले डेल्थ डेक्सको स्थापना गरेको गाउँपालिकाका...
हेटौंडामा आत्महत्या रोकथाम सम्बन्धी र्यालीसहितको सचेतनामूलक कार्यक्रम
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले आइतबार हेटौंडामा जिल्ला स्तरीय आत्महत्या रोकथाम सम्बन्धी र्यालीसहितको सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । प्लेकार्ड, माइकिङ, प्रहरी ब्याडसहित हेटौंडा बजारको विभिन्न स्थान परिक्रमा गरी एक समारोहबीच आत्महत्या रोकथाम दिवस मनाइएको हो । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो...
लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर, पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो । काठमाडौं–९...
घुससहित पक्राउ परेका उपसचिवविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आइतबार श्रेष्ठ उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांश बमोजिम सजाय...
थप ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८८२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो समयावधिमा १६१ जना संक्रमणमुक्र भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण कुनै...
समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल
काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् । आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः...










