समाचार
निर्वाचन आयोग : समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । यससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधि...
एमाले सचिवालय बैठक आज पनि बस्दै
भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुनः आज बिहान ११ बजे बैठक बस्न लागेको हो...
ज्यान जोखिममा राखेर विद्यालय जान्छन् बकैयाका विद्यार्थी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ सिमात खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर बिद्यार्थीहरु परीक्षा दिन जाने गरेका छन् । बकैयास्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीहरु बर्खा तथा हिउँदमा ज्यान जोखिममा राखेर सिमात खोला तरेर विद्यालयमा अध्ययन गर्न जाने गरेका हुन् । सिमात खोला तर्न बर्खामा...
बागमती प्रदेश सरकारले विभिन्न सरकारी कार्यालयको भवन निर्माण गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले यसै चालु आर्थिक वर्षभित्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा करिब ५५ बिगाह सरकारी जग्गामा विभिन्न कार्यालय भवन निर्माण गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शनिबार बागमती प्रदेशसभाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उक्त स्थानमा मुख्यमन्त्रीलगायत विभिन्न सरकारी कार्यालयको भवन निर्माण...
‘प्रदेश सरकारलाई क्रियाशील तुल्याउन जनप्रतिनिधिहरु इमान्दारितापूर्वक लाग्नुपर्ने’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको माध्यमबाट प्रदेश सरकारलाई क्रियाशील तुल्याउन जनप्रतिनिधिहरु नै इमान्दारितापूर्वक लाग्नुपर्ने बताए । शनिबार प्रदेशसभाद्वारा हेटौंडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले सो कुरा बताएका हुन् । उनले कुनै दलगत समूह वा नागरिकले प्रदेशको आलोचना गर्दैमा आत्माग्लान गर्नु...
‘विकासका अधुरा सपना पुरा गर्छु’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको विकासको अधुरो सपना पूरा गर्न आफू चुनाबी मैदानमा होमिएको बताएका छन् । अध्यक्ष थापाले शनिबार पार्टीको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बाृध गर्दै सो कुरा बताएका हुन् । उनले एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति...
महाभियोग सिफारिस समितिको बैठक सुरु
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको अन्तिम बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको बैठकबाट महाभियोगको प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउने तयारी छ । आज बिहान ९ बजेदेखि १२ बजेसम्म बसेको बैठकमा...
एकीकृत समाजवादीको समानुपातिक तर्फको उम्मेदवारका मापदण्ड तय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशस भाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूचीका मापदण्ड तय गरेको छ । जसअनुसार पार्टीले हाल समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य रहेकालाई लगातार दोहोराएर अहिलेको बन्दसूचीमा नराख्ने भएको हो । त्यस्तै, स्थानीय तह निर्वाचन...
थप ६३ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या १,९६६ पुग्यो
काठमाडौं । देशभर थप ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७४० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३५ तथा एन्टिजेन विधिबाट २८ जनामा...
अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुग्यो
धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ढकारी गाउँपालिका–६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षीया...










