समाचार

थप ११० जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा...

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

काठमाडौँ । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११्रः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर...

निर्वाचन आयोग : अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली सार्वनिक गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यो सख्या साउन १९...

मन्त्रिपरिषद् बैठक : शनिबार राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं । सरकारले भोलि असोज १ गते शनिबार राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । यसअघि राजनीतिक दलहरुबीच संसदको कार्यकालबारे...

उपमेयर बानियाँद्वारा हेटौंडा अस्पतालको अनुगमन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । नयाँ भवनमा सरेर सेवा प्रवाह गरिरहेको उक्त अस्पतालको सेवा प्रवाह, समस्या लगायतका विषयमा बुझ्न उपमेयर बानियाँ शुक्रबार बिहान हेटौंडा अस्पताल पुगेका थिए । केही दिनदेखि हेटौंडासहित मकवानपुरका विभिन्न स्थानीय तहहरुमा फैलिएको डेंगु रोगको संक्रमणका बिरामीहरुको अवस्था...

अब साताको चार दिन मात्रै शेयर कारोबार हुने

काठमाडौं । अब असोजबाट साताको चार दिन मात्रै शेयर कारोबार  हुने भएको छ । बोर्डले यसअघि नै असोजको पहिलो सातादेखि शुक्रबार शेयर कारोबार नहुने निर्णय गरिसकेको छ । उक्त निर्णय बमोजिम नेप्सेले असोजको पहिलो साता कारोबार नहुने सूचना मार्फत जानकारी गराएको हो । सरकारले यसअघि सार्वजनिक विदा हेरफेर गरेपछि...

आसन्न निर्वाचनमा सहज मतदानकोे माग गर्दै आयोगलाई ज्ञापनपत्र

मकवानपुर । अपाङ्ग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज मतदानको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । पद्धती केन्द्र मकवानपुरका अध्यक्ष दिलबहादुर स्याङ्बोको संयोजकत्वमा आज शुक्रबार एक कार्यक्रमबीच आयोग कार्यालय बागमती प्रदेश प्रमुख लुम्बनाथ पोखरेललाई...

शुक्रबार दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । शुक्रबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से परिसूचक आज १४.१० अंकले घटेर १९१० को विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुहरुले आफुखुसि ब्याजदर निर्धारण गर्न पाउने भएसँगै नेप्से सूचक १४ अंकले घटेको हो । नेप्सेमा सूचीकृत २२० कम्पनीको २९...

साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना बालिकको मृत्यु भएको छ । सोही नगरपालिका–४ गढैया बस्ने सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी...

कैलाशको आन्तिमा पहिलो पटक पुग्यो बिजुली

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ८ स्थित भार्ताको आन्तिमा पहिलो पटक बिजुली पुगेको छ । बिजुली बत्ती झलमल्ल बलेपछि गाउँमा खुशियाली छाएको छ । बिजुली पुगेपछि यहाँका ७५ घर लाभान्वित भएका छन् । बिहीबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ट्रान्सफर्मरमा जडान गरिएको बत्ती बालेर बिजुली उद्घाटन गरेका थिए...