समाचार

संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख

काठमाडौं । संघीय संसदको ५ वर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम...

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले...

मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ धोर्सिङ्गमा आज बिहान एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार, आज बिहान ७ बजेको समयमा स्थानीय २१ वर्षीय अनिष राना मगरको शव रुखमा झुण्डिएको अवस्थामा फेला...

पर्यटन विकास आयोजना हेटौंडाद्वारा कर्मचारी माग

मकवानपुर । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना हेटौंडाले ठूलो मात्रामा कर्मचारी माग गरेको छ । आयोजना कार्यालयले २४ जना प्राविधिक कर्मचारी माग गरेको हो । पर्यटनका क्षेत्रमा काम गर्ने गरी आयोजनाले अधिकृत स्तर सातौं तहका सिभिल इन्जिनियर ५ जना र पाँचौ तहका सिभिल सब–इन्जिनियर...

हेटौंडा उपमहानगरको डेंगु नियन्त्रण अभियान निरन्तर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामी बढ्दै गएपछि थालिएको स्प्रे अभियान निरन्तर चलिरहेको छ । डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको स्प्रे अभियान नगरका विभिन्न वडाहरुमा चलिरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार, हालसम्म १, २, ३, ४,...

हेटौंडामा र्‍याप ब्याटल ‘र्‍याप तन्त्र’ को डिजिटल अडिसन खुल्ला

मकवानपुर । हेटौंडामा र्‍याप ब्याटल ‘र्‍याप तन्त्र’ संचालन हुने भएको छ । सौगात सुनचाँदी पसलको आयोजनामा हेटौंडा–१७ हटियामा ‘र्‍याप तन्त्र’ हुने भएको हो । आयोजक सफल सौगात सुनचाँदी पसल सञ्चालक तथा र्‍याप तन्त्रका निर्माता सफल दुतराजले भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारी दिएका हुन् ।...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यतया बदली रहेको जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।...

फियान नेपालद्वारा कृषि विधेयक हस्तान्तरण

मकवानपुर । फियान नेपालले बागमती प्रदेशले तर्जुमा गरेको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि खाद्य अधिकारको क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाज संस्थाले अध्ययन गरी उपयुक्त सुझाव सहितको मस्यौदा विधेयक बागमती प्रदेशका कृषि तथा पशुपञ्छी विकास मन्त्रालायलाई हस्तान्तरण गरेको छ । फियानका अध्यक्ष गोकर्ण रुपाखेतीले कृषि...

मकवानपुरमा ३४९ जनाले दिए म्यादी प्रहारीका लागि आवेदन

मकवानपुर । मकवानपुरमा म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा आजबाट म्यादी प्रहरीको आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार म्यादी प्रहरीका...