हेटौंडामा र्‍याप ब्याटल ‘र्‍याप तन्त्र’ को डिजिटल अडिसन खुल्ला

तु खबर संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ०८:५५

मकवानपुर । हेटौंडामा र्‍याप ब्याटल ‘र्‍याप तन्त्र’ संचालन हुने भएको छ । सौगात सुनचाँदी पसलको आयोजनामा हेटौंडा–१७ हटियामा ‘र्‍याप तन्त्र’ हुने भएको हो ।

आयोजक सफल सौगात सुनचाँदी पसल सञ्चालक तथा र्‍याप तन्त्रका निर्माता सफल दुतराजले भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारी दिएका हुन् ।

उनले बिहीबारबाट डिजिटल अडिसन खुल्ला गरिएको जानकारी दिए । बडादशैंको अवसर पारेर आयोजना गरिएको र्‍याप ब्याटलमा सहभागी हुन चाहने २ मिनेटसम्मको भिडियो [email protected] मा पठाउनुपर्नेछ । अडिसन असोज ७ गतेसम्म खुला रहनेछ ।

हेटौंडा– १७ हटियास्थित नमोवुद्ध रेष्ट्रोमा आश्विन १० गतेदेखि र्‍याप ब्याटलको फिजिकल अडिशन सुरु हुने संचालक दुतराजले बताए ।