समाचार
अछाममा पहिरोमा परेर ९ जनाको मृत्यु, २० जना घाइते
अछाम । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । कमलबजारकै वडा नं. ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, ढकारी गाँउपालीकामा १ घर...
कर्मचारी सञ्चय कोषद्वारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
मकवानपुर । कर्मचारी सञ्चय कोषको ६१ औं वार्षिक उत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा रहेको ॐ बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको हो । कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र लामिछानेसहितका कर्मचारी परिवारले ॐ बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ र कोषाध्यक्ष फणिन्द्र...
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताए । उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ । हाल देशको प्रदेश १, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण...
संसद अधिवेशन आज रातिबाट अन्त्य हुने
काठमाडौं । संसद अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको...
सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ आजबाट खुल्यो
काठमाडौं । यस वर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । यातायात व्यवस्था विभागका अनुसार आजदेखि टिकट बुकिङ खुला गरिएको छ । यसपटकको दशैंका लागि तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता...
आज विश्वकर्मा पुजा गरिँदै
मकवानपुर । आज आश्विन सङ्क्रान्तिका दिन कालिगढले विश्वकर्माको पूजा आराधना गरी यो पर्व मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको...
प्रतिनिधि सभाबाट तीन विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो । सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे ।...
बेलायत पठाइदिन्छु भन्दै रु १३ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायत पठाइदिन्छु भनी ठगी...
युवा समाज हेटौंडाको आयोजनामा एक दिने नेतृत्व विकास तालिम
मकवानपुर । हेटौंडामा एक दिने नेतृत्व विकास तालिमको आयोजना भएको छ । सहयोगी युवा समाज हेटौंडाको आयोजनामा शुक्रबार उक्त तालिमको आयोजना गरिएको हो । तालिम संस्थाकी अध्यक्ष शान्ति स्याङ्बोको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेको प्रमुख आतिथ्यता भएको हो । तालिममा कानूनी रुपमा युवाहरु नेतृत्व गर्दै अगाडि बढदै...









