समाचार

समानुपातिक सांसदमा मोक्तानको दाबी

मकवानपुर । नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख बिरोध मोक्तानले समानुपातिक सांसद पदमा दाबी गरेका छन् । समानुपातिक सांसदको लागि सिफारिस भएका उम्मेदवारहरुमध्ये आफुले युवा वर्गको प्रतिनिधित्व गर्ने र आफु जनजाति समूदायबाट पनि भएकाले पार्टीले आफुलाई एक पटक अवसर दिनेमा ढुक्क रहेको उनले बताए...

दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका मैनालीको मृत्यु

मकवानपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने २८ वर्षीय अमृत मैनालीको मृत्यु भएको छ । गत भदौ २८ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ शान्तिनगरस्थित भित्री सडकखण्डमा ना ४३ प ८२६८ नम्वरको मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका...

थप १२६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६...

पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा अवरुद्ध बनेको मकवानपुरका सिस्नेरी सडकखण्डमा अपराह्नदेखि यातायात संचालनमा आएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ ज्यामिरेस्थित बिहीबार बिहान वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको...

हेटौंडामा सवारी दुर्घटना, एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ भोर्ले बस्ने २२ वर्षीय अनिल वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बिहीबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ गुम्बाचोकस्थित...

२५ मिटर सडक विस्तार हुन्छ, भ्रममा नपरौँः कांग्रेस सचिव महत

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयलाई लिएर भ्रम सृजना गरिएको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै सचिव महतले महेन्द्र राजमार्गको चौंडाई ५० मिटर हुने सडक ऐनमा नै व्यवस्था भएको बताउँदै हेटौंडामा पनि दायाँबायाँ गरी ५० मिटर नै...

हेटौंडा–१४ को उत्तरपानी टोलमा स्ल्याब ढलान सुरु, उपमेयरद्वारा उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को उत्तरपानी टोलमा जनप्रनिधि निर्वाचित भइसकेपछि पहिलो स्ल्याब ढलान सुरु भएको छ । करिब १० लाख रुपैयाँ लगातमा १ सय २० मिटर स्ल्याब ढलान बिहीबारबाट सुरु भएको हो । उक्त स्ल्याब ढलानको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका हुन् । उनले...

हेटौंडाकी लामालाई ह्विल चियर सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बस्ने ५८ वर्षीया ताराकुमारी लामालाई ह्विल चियर सहयोग गरिएको छ । लामालाई लायन्स क्लब अफ मकवानपुर, हेल्प डेक्सले बिहीबार एक कार्यक्रमबीच ह्विल चियर सहयोग गरेको हो । हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक रमेश...

भारत पुर्‍याइएका १६ बालकको उद्धार

काठमाडौं । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईलका अनुसार, उद्धार गरिएका नुवाकोटका...

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । आज बिहीबार अर्थात साताको पाँचौ दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार एकाएक ४७ अंकले सुधार देखिएको शेयर बजार आज गिरावट आएको हो । आज नेप्से परिसूचक ५७ अंकले घटेर १९२४ विन्दुमा पुगेको छ । नेपाल बैंकर्स संघको आज बसेको कार्यसमितिको बैठकले राष्ट्र बैंकको...