दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका मैनालीको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १७:५३

मकवानपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने २८ वर्षीय अमृत मैनालीको मृत्यु भएको छ ।

गत भदौ २८ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ शान्तिनगरस्थित भित्री सडकखण्डमा ना ४३ प ८२६८ नम्वरको मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि सोही दिन चितवनको भरतपुर लगिएको थियो । उनको उपचारको क्रममा भदौ २९ गते बुधबार साँझ ५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।