हेटौंडामा सवारी दुर्घटना, एक जना घाइते

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १७:२१

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ भोर्ले बस्ने २२ वर्षीय अनिल वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बिहीबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ गुम्बाचोकस्थित हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ ह ५२४६ नम्वरको अटोलाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख २५८१ नम्वरको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, वाईबाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।