समाचार
मोबाइल खरिद गर्दा ध्यान पुर्याउन प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट सिस्टममा चेक गरेर मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गर्दै प्राधिकरणले ग्राहकलाई आफूले खरिद गर्न लागेको मोबाइल सिस्टममा चेक गरेर मात्र खरिद गर्न आग्रह गरेको हो । लामो समयदेखि कार्यान्वयनमा आउने भनिएको यो प्रणाली नियामकले बिहीबारदेखि...
पर्साबाट पक्राउ परिन् मकवानपुरकी मोक्तान पक्राउ
पर्सा । पर्सा प्रहरीले पर्सागढी नगरपालिका–२ बागवानाबाट अवैध लागूऔषधसहित बुधबार साँझ तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध चरेश १३ किलो ८ सय ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ बस्ने ४२ वर्षीया कल्पना मोक्ताल रहेकी छन् । प्रहरीले पक्राउ...
बाल दिवसको अवसरमा विविध कार्यक्रम
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित श्री त्रिरत्न प्राथमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले बाल दिवसको अवसरमा बुधबार विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक आत्मराम रुम्बाले बताए । उनका अनुसार, विद्यालयले तातो आलु, चम्चा रेस र घ्याम्पो फुटाई कार्यक्रमको आयोजना गरिएको हो...
चिनियाँ नेता ली चान्सु स्वदेश फर्किए
काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । चान्सु्...
बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्ष कैद सजाय
दमौली । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक÷एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको हो । जिल्ला...
आज बिहान बोलाइएको महाभियोग सिफारिस समितिको बैठक स्थगित
काठमाडौं । आज बिहानका लागि बोलाइएको संघीय संसद, महाभियोग सिफारिस समितिको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार...
पहिरोमा पुरिएर दुईको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ४४ वर्षीय नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावित्री तामाङ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नीरबहादुरकी आमा लादुलुङ भने पहिरोमा पुरिएर गम्भीर घाइते...
किशोरी बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । १५ वर्षीया किशोरी बलात्कार मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बुधबार बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...
सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ ज्यामिरेमा आज बिहान वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाउने...









