चिनियाँ नेता ली चान्सु स्वदेश फर्किए

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
उनलाई सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । चान्सु् यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
भ्रमणको क्रममा चान्सु्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कालगायत विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।