समाचार
नेप्से ४७ अंकले बढ्दा सबै सूचकमा छायो हरियाली
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा उच्च अंकले बढेको छ । केही दिनयता लगातार गिरावट आएको पुँजीबजारमा आज एकाएक सुधार देखिएको हो । अघिल्लो दिन २१ अकले बढेको नेप्से परिसूचक आज ४७.४४ अंकले बढेर १९८१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक बढेसँगै लगानीकर्ताहरुमा फेरी उत्साह थपिन...
प्रतिनिधि सभा बैठकः डेंगु नियन्त्रणको प्रयासबारे जानकारी गराउन माग
काठमाडौँ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरुले डेङ्गु नियन्त्रणका लागि सरकारले गरेको प्रयासबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । उनले...
मकवानपुरको ३ ठाउँमा सवारी दुर्घटना, ४ जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । मंगलबार हेटौडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना ५२ प २०० नम्वरको मोटरसाइकलले हेटौंडा– ९ निवासी दिपेश अर्याललाई सडक छेउमा डिँडिरहेको अवस्थामा ठक्कर दिएर भएको दुर्घटनामा पैदलयात्रु अर्याल र मोटरसाइकल चालक हेटौंडा– १५...
जेसीआई हेटौंडा लेडीको वक्तृत्वकलामा बजगाईं प्रथम
मकवानपुर । जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगितामा उचित बजगाईं प्रथम भएका छन् । मंगलबार जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह अन्तर्गतको ‘प्रभावको लागि कार्य’ शीर्षक रहेकोे स्वर्गीय बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा बजगाईं प्रथम भएका हुन् । त्यस्तै सुनिल न्यौपाने द्वितीय, सुदिन पौडेल तृतीय र मधु यादवले सान्त्वना स्थान हासिल गरेका...
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
ललितपुर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामा रहेका छन् । उनलाई आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गोदावरी...
यू–१७ साफ उपाधिका लागि आज नेपाल र भारत भिड्दै
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । आज हुने फाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । नेपालले...
जापानका लागि उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो
काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो...
महाभियोग सिफारिस समिति बैठक बस्दै
काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ९ बजे बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ । जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता...
चिनियाँ नेता ली चान्सु र राष्ट्रपति भण्डारीबीच आज भेटवार्ता हुँदै
काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपछि विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बताए । सोमबार नेपाल आएका लीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका...










