समाचार

मकवानपुरमा आगलागीबाट २८ लाखको क्षति

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ अदालत डाँडा बस्ने अमरबहादर खत्रीको काठले बनेको २ तल्ले घरमा करेन्ट सट भएर आगलागी हुँदा २८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति सोमबार साँझ साढे ८ बजेको समयमा करेन्ट सट भई आगलागी हुँदा घर र गोठजली नष्ट भएको जिल्ला...

बागमती प्रदेश सरकारले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्ने तयारी गरिएको जानकारी गराएका हुन् । सम्मेलनमा मुख्यमन्त्री पाण्डेले पूर्वपश्चिम राजमार्गको हेटौंडा बजार क्षेत्रमा...

राप्रपाद्वारा संसदीय समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका...

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने

काठमाडौं । सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका...

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०० पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा...

हेटौंडामा सवारी दुर्घटना, एक जना घाइते

मकवानपुर । हेटौंडा आज मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईटी बस्ने ३२ वर्षीया सुस्मा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ औद्योगिक क्षेत्र अगाडि सडकखण्डमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको...

बागमती प्रदेश सरकारले संविधान दिवसको अवसरमा विविध कार्यक्रम गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले संविधान दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश सरकारले तीन दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाउने भएको हो । सरकारले असोज २ गते हेटौंडा उपमहानगरको समन्वयमा नगर क्षेत्र, कार्यालय परिसरलगायत मठमन्दिर र सार्वजानिक स्थलमा सरसफाइ गरिने, सञ्चार रजिष्ट्रार, पत्रकार महासंघ...

फरार दुई अभियुक्त पक्राउ

सप्तरी । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् । सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४...

विषादी सेवन गर्दा पाल्पामा एक पुरुषको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोटमा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्वर ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्का रहेका छन् । उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका...

स्रोत नखुलेको ७२ लाखसहित एक युवक पक्राउ

काठमाडौं । रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा उक्त...