२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने
काठमाडौं । सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् ।
सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए ।
