समाचार
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा...
बागमती प्रदेशमा डेंगुबारे अनुसन्धान र निगरानी गर्न सहमति
मकवानपुर । बागमती प्रदेशमा फैलिएको डेंगु रोगबारे अनुसन्धान एवम् निगरानी गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवम् निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य मन्त्री...
नारायणी कलेजले पढ्दै कमाउन चाहाने विद्यार्थीलाई बिउ पूँजी उपलब्ध गराउने
मकवानपुर । एक वर्ष अघिदेखि नयाँ व्यवस्थापनमा सुरु गरिएको हेटौंडा–१० स्थित तुलसी मेहर मेमोरियल स्कुल र नारायणी कलेजले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले स्नातक तहका विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ । कलेजका प्रबन्ध निर्देशक दिपक काफ्लेले स्नातकमा अध्ययनरत् विद्यार्थीहरुलाई...
वनदेवी आधारभुत विद्यालय हेटौंडा–१५ को अभिभावक भेला सम्पन्न
मकवानपुर । वनदेवी आधारभुत विद्यालय हेटौंडा–१५ फायरलाइनको ३२ औँ अभिभावक भेला सम्पन्न भएको छ । भेलाबाट डिलबहादुर घिमिरेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति सर्वसहमतिबाट गठन भएको छ । भेला हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता तथा शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काको विशेष...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० आनन्द टोलबाट लागूऔषध खैरोहिरोईन ८ ग्राम २४० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१० आनन्द टोलस्थित इन्दिरा प्रजापतिको घरभाडामा बस्दै आएको २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु...
बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याइने
मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटै जिल्लामा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सरकारका...
राजस्व कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले उनलाई गत साउन १८...
राई उत्थान समाज नेपालको अध्यक्षमा पुनः आस्मान राई चयन
मकवानपुर । किरात देवास राई उत्थान समाज नेपालको अध्यक्षमा पुनः आस्मान राई चयन भएका छन् । राई उत्थान समाजको शनिबार र आइतबार हेटौंडामा भएको ५ औं राष्ट्रिय सम्मेलनले अध्यक्ष पदमा उनलाई पुनः चयन गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा श्यामबहादुर राई चयन भएका छन् भने उपाध्यक्षहरु क्रमशः राजमान राई,...
कलाकार दीप सागरको निधन
काठमाडौं । कलाकार दीप सागरको निधन भएको छ । सागरको सोमबार बिहान मध्य बानेश्वर स्थित भेनस अस्पतालमा निधन बिहान साढे ७ बजे निधन भएको उनका नजिकका साथी हास्य कलाकार शेरबहादुर गुरुङले जानकारी दिए । नेपाली कला क्षेत्रमा मोडल, छायाँकार, निर्देशकको अलवा श्रृङ्गारका रुपमा चिनिएका सागरको पहिले वीर अस्पतालमा र...
थप १७९ जनामा कोरोना पुुष्टि, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ६०० जनाको पीसीआर...










