समाचार
दुई देशका लागि नेपाली राजदूतले लिए शपथ
काठमाडौं। विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ लिएका छन् । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सोमबार शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको...
मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु
वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबट एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार राति पटेर्वासुगौली गाउँपालिका–१ स्थित सडकमा प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री ४५ वर्षकी फुलमती देवी खातुन रहेका छन् । मोटरसाइकलको ठक्करबाट महिला गम्भीर घाइते...
आज नेप्से १३ अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म १३ अंकले घट्न पुगेको हो ।...
मकवानपुरका बल मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरमा आज सोमबार बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर २ घट्टेखोलास्थित बगरमा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव स्थानीय बैकुण्ठ बस्ने ४६ वर्षीय रामकुमार बलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
हेटौंडामा दानपेटी फुटाएर चोरी गर्ने एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले मन्दिरको दानपेटी फुटाएर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरिटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा रहेको दान पेटि फुटाएर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार,...
बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल जारी
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी सुरु भएको हो । यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको...
समानुपातिकतर्फको निर्वाचन कार्यातालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको...
बाघको आक्रमणबाट अधिकारीको मृत्यु
चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किदै गरेका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो...
जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक जना पक्राउ
ललितपुर । ललितपुरकी २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मिलडाँडा घर भई हाल ललितपुरको बागमती गाउँपालिका–२ बगुवा बस्ने ३९ वर्षीय राजाराम सुनार रहेका छन् । उनलाई प्रहरी चौकी भट्टेडाँडाबाट आइतबार बिहान पक्राउ गरेको...
बागमती प्रदेश सांसद माझीद्वारा राप्रपा परित्याग
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिता माझीले पार्टी परित्याग गरेकी छन् । सांसद माझीले आइतबार एक विज्ञप्ती जारी राप्रपा छोडेको घोषणा गरेकी हुन् । माझीलाई राप्रपाले सामानुपातिकबाट प्रदेशसभा सदस्य बनाएको थियो । तत्कालीन राप्रपामा कमल थापा निकट मानिएकी रामेछाप निवासी माझीले अहिले...









