हेटौंडामा दानपेटी फुटाएर चोरी गर्ने एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले मन्दिरको दानपेटी फुटाएर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरिटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा रहेको दान पेटि फुटाएर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, पक्राउ पर्नेमा १६ वर्षीय नाबालिक रहेका छन् । नाबालिक भएर उनको नाम नखुलाइएको हो । प्रहरीले उनलाई ३ हजार ५ सय १० रुपैँयासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बडाइएको छ ।
