समाचार

स्रोत नखुलेको साढे ७ लाखसहित एक जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्वर ९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम रहेका छन् । वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई...

थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा...

सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्‍याम ज्ञवालीले जानकारी दिए । लामिछानेलाई पक्राउ गर्न...

मकवानपुरमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरमा आइतबार दिउँसो एक जनाको शव फेला परेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ जयसिङस्थिच पुर्व–पश्चिम सडकखण्डदेखि १५० मिटर उत्तर तर्फ पर्ने भित्री सडकखण्डमा अन्दाजी ४ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

शेयर बजारमा ११ अंकको गिरावट, ७४ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा ११ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ११ अंकले घटेर १९२६ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज अन्य सूचकबाहेकका सबै सूचक...

विना निष्कर्ष टुंगियो गठबन्धनका शीर्ष नेताको बैठक

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो । बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले...

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । यसअघि शनिबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरी स्थगित...

आर्थिक नीति तथा योजना विभाग प्रमुखमा उपाध्याय

मकवानपुर । कांग्रेस युवा महिला नेतृ अन्जना उपाध्यायलाई आर्थिक नीति तथा योजना विभाग प्रमुख तोकिएको छ । कांग्रेस मकवानपुरले विधानको धारा ३७ को उपधारा २(२३) मा व्यवस्था भए बमोजिम आर्थिक नीति तथा योजना विभागको प्रमुखमा मनोनित गरिएको हो । जिल्ला सभापति बुद्ध लामाले नेतृ उपाध्यायलाई मनोनित गर्दै प्रत्येक महिनाको...

विज्ञान शिक्षक समाजको राक्सिराङ र मनहरिमा कार्यसमिति गठन

मकवानपुर । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको मनहरीमा २५ गते शनिवार भएको भेलाले राक्सिराङ र मनहरी गाउँपालिकाको कार्यसमिति चयन गरेको छ । संयुक्त रूपमा भएको भेलाले राक्सिराङ गाउँपालिकामा कृष्णकुमार गुप्ता र मनहरीमा ओम प्रकाश सापकोटाको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । राक्सिराङ भेला आयोजक समितिका संयोजक कृष्ण कुमार गुप्ताको...

विद्यालय हिँडेका तीन बालक बेपत्ता

बुटवल । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल रहेका छन् । उनीहरु गत शुक्रबारदेखि बेपत्ता भएक हुन् । तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन...