समाचार
मनसुन अझै केही दिन सक्रिय हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन मनसुन सक्रिय हुने जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । हाल देशभर...
राप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर एमाले प्रवेश
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् । राय शनिबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । कर्णाली विकास बैंकका अध्यक्ष...
थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर थप १ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) सिंक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७४६ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण...
बकैयामा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको कमी हुन थालेपछी बकैयामा आज शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय हातेमालो क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम हतेमालो कल्बका अध्यक्ष बरुण कार्कीको सभाध्यक्षता एवम् बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामीछानेले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी...
दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौं–१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा काठमाडौं–२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका–१४ बाडेगाउँका २२ वर्षीय अभिषेक...
एएफसी यु–२० एसिया कप छनोट : आज नेपाल र भुटानबीच खेल हुने
काठमाडौं । बहराइनमा आज (शनिबार) देखि एएफसी यू–२० एसियन कप छनोटका खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८ः४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन रहेका छन् ।
विपी जयन्तिको अवसरमा पुर्नस्थापना केन्द्रलाई समाजको सहयोग
मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर विपी विचार समाज मकवानपुरले अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रलाई आर्थिक सायोग गरेको छ । विपी जयन्यन्तीको अवसर पारेर समाजले शुक्रबार एक कार्यक्रमकाबीच हेटौंडा–१४ मयुरधापमा रहेको पुर्नस्थापना केन्द्रलाई ११ हजार १ सय ११...
२४ घण्टापछि पक्राउ परे वकिल कार्यालयबाट फरार भएका युवक पक्राउ
दाङ । दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी युवक प्रकाउ परेका छन् । म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले २४ घण्टापछि शुक्रबार राति पक्राउ गरेको हो । विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद...
आसन्न निर्वाचनको लागि आजदेखि समानुपातिक मतपत्र छाप्ने
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको लागि आजबाट चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगले प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको हो । चार वटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले...
‘म त तिम्रै हुँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक
बारा । निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतको म्यूजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । सिमरामा आयोजित एक कार्यक्रमकाबीच गायक भट्टराईको अफिसियल युट्यूब च्यानलबाट सो भिडियो सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार विकास पाण्डेको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोमा...










