समाचार
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
किंरात देवास राई समुदायको राष्ट्रिय सम्मेलन हेटौंडामा हुँदै
मकवानपुर । किंरात देवास राई उत्थान समाज नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन शनिबार हेटौंडामा हुँदैछ । सम्मेलनको उद्घाटन समारोहमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राई समुदायको छाता संगठन किंरात राई (यायोखा) को केन्द्रीय महासचिव जनक राईको उपस्थिति रहने जनाइएको छ । २ दिनसम्म चल्ने अधिवेशनको पहिलो...
भारतलाई हराउँदै नेपाल साफ यू–१७ फुटबलको सेमिफाइनलमा
काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास...
सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता
काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलपछि उक्त निर्णय फिर्ता भएको हो । चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुबै संघका महासचिवको नेतृत्वमा ५÷५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ...
विपी जयन्तीको अवसर पारेर चुनाव लक्षित अभियान कार्यक्रम
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा चुनवा लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको जनताको साथ नेपाली कांग्रेस अभियान मकवानपुरमा शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको छ । पार्टीका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालको जन्मजयन्तीको अवसर पोर अभियानको समापन गरिएको हो । कार्यक्रमकै अवसरमा महानाव विपी...
हेटौंडाका तामाङ मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ पारिजातपथस्थित एक जनाको शव फेला परेको छ । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० घर भई हाल हेटौंडामा डेरा गरी बस्ने २३ वर्षीय संजिप तामाङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहीबार राति...
हेटौंडाको हटियामा निःशुल्क स्वास्थ्य शिविर हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपालको संयुक्त आयोजनामा भदौ २५ अर्थात भोलि शनिबार स्वास्थ्य शिविर हुने भएको हो । प्रस्तावित श्री कृपालु अस्पताल हटिया–१७ वडा कार्यालय नजिकै...
थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार १८६ पीसीआर परीक्षणमा ११० जना र १ हजार १०८ एन्टिजेन परीक्षणमा ४२...
राष्ट्रपति भण्डारी बेलायती दूतावासमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त...
दोलखामा एक पुरूष मृत फेला
दोलखा । दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरूष मृत फेला परेका छन् । जिल्लामा कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको शव घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा फेला परेको...









