भारतलाई हराउँदै नेपाल साफ यू–१७ फुटबलको सेमिफाइनलमा

तु खबर संवाददाता
२०७९ भाद्र २४,शुक्रबार १८:४०

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे । खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए ।

खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए । समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ ।