समाचार
बस्तिपुर जेसिस हाडिखोलाको आयोजनामा निःशुल्क आँखा शिविर
मकवानपुर । बस्तिपुर जेसिज हाडिखोलाको आयोजना, हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्वर ४ को समन्वयमा एक दिने निःशुल्क आँखा जाँच शिविर कार्यक्रम भएको छ । कार्यक्रम बस्तिपुर जेसिज हाडिखोला बर्ष २०२२ का अध्यक्ष जेसी तेजप्रसाद उप्रेती (रमेश) को सभाधयक्षता एवम् मनहरी गाउँपालिका–४ का अध्यक्ष...
राष्ट्रिय युवा संघ बागमतीको कोषाध्यक्षमा मकवानपुरका भण्डारी
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्ष पदमा मकवानपुरका नरेन्द्र भण्डारी चयन भएका छन् । युवा संघ बागमतीको भक्तपुरस्थित सूर्यविनायकमा भएको प्रथम अधिवेशनबाट कोषाध्यक्ष पदामा भण्डारीलाई चयन गरिएको हो । अधिवेशनले जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय कार्य समिती चयन गरिएको थियो । जसमध्ये भण्डारीलाई कोषाध्यक्ष पदमा चयन...
आजदेखि सोह्र श्राद्ध सुरु
मकवानपुर । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात सोह्रश्राद्ध आज (आइतबार) देखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका...
आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार देशभर आंशिकदेखि सामान्य...
नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा पुनः पुलामी
मकवानपुर । नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी मगर चयन भएका छन् । संघको शनिबार हेटौंडामा भएको ९ औं अधिवेशनबाट पुलामीलाई पुनः अधयक्षमा चयन गरिएको हो । यस्तै, संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर चयन भएका छन्...
१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो
काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरीको लागि भर्ना खुल्ला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका...
हेटौंडाका युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुर बस्ने २१ वर्षीय विवेक बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनलाई धादिङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खैरोहिराईनको धुलो ७०...
समानताका लागि सरकार जिम्मेवार बन्नुपर्नेः राज्यमन्त्री प्रजा
मकवानपुर । बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले संविधानले समावेशीता, समानता एवम् मौलिक अधिकारलाई सुरक्षित गरेको भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । किंरात देवास राई उत्थान समाज नेपालको हेटौंडामा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजाले आदिवासी, जनजाति, सिमान्तकृत तथा अल्पसंख्यक समूदायको हितका...
दार्चुलामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो
धनगढी । दार्चुलामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ जना पुगेका छ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर ५ जनाको मृत्यु भएको हो । वर्षासँगै आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया...
एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना प्रहरीको फन्दामा
विराटनगर । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८...









