बस्तिपुर जेसिस हाडिखोलाको आयोजनामा निःशुल्क आँखा शिविर

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार १०:०७

मकवानपुर । बस्तिपुर जेसिज हाडिखोलाको आयोजना, हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्वर ४ को समन्वयमा एक दिने निःशुल्क आँखा जाँच शिविर कार्यक्रम भएको छ ।

कार्यक्रम बस्तिपुर जेसिज हाडिखोला बर्ष २०२२ का अध्यक्ष जेसी तेजप्रसाद उप्रेती (रमेश) को सभाधयक्षता एवम् मनहरी गाउँपालिका–४ का अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता भएको हो । पशुपति मावि मनहरी–४ का प्रधानध्यापक भानुभक्त आचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमा विभिन्न स्थानीय संघ संस्थाको प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

वडाको बनकरिया बस्ति र वडा नं. ३ को पश्चिमी भेगलाई लक्षित गरी आयोजना गरिएको शिविरमा १८४ जनाले आफ्नो आँखा परीक्षण गराएको बस्तिपुर जेसिजले जनाएको छ । परीक्षण गराएकामध्ये २० जनामा मोतियाबिन्दु देखिए र उनीहरूको निशुल्क अप्रेसन सोमबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा हुने अस्पतालका शिविर संयोजक सुशील सिंहले बताए ।