बकैयामा रक्तदान कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०७९ भाद्र २५, शनिबार १७:०८

मकवानपुर । रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको कमी हुन थालेपछी बकैयामा आज शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय हातेमालो क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम हतेमालो कल्बका अध्यक्ष बरुण कार्कीको सभाध्यक्षता एवम् बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामीछानेले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर प्रमुख लक्ष्मण भट्टराइ, बकैया–४ का अध्यक्ष राजन दङ्गाल, ५ नं. वडाध्यक्ष लक्ष्मी जिम्बा, रेडक्रस छतिवनका अध्यक्ष भरत सापकोटालगायत स्थानीय युवाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा ४० पाउन्ड रगत संकलन गरिएको रक्तसंचार केन्द्र हेटौंडा प्रमुख टंक दाहालले जानकारी दिए । रक्तसञ्चार केन्द्रले स्थानीय निकायहरुको समन्वयमा मकवानपुरका बकैया गाँउपालिका, मकवानपुरगढी गाँउपालिका, हेटौंडा उपमहानगपालिका स्थानीयलाई निःशुल्क रगत दिँदै आएका छन् ।