थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर थप १ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) सिंक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७४६ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । यस्तै, देशभर दुई दिनको अवधिमा ४ लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
