२४ घण्टापछि पक्राउ परे वकिल कार्यालयबाट फरार भएका युवक पक्राउ
दाङ । दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी युवक प्रकाउ परेका छन् । म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले २४ घण्टापछि शुक्रबार राति पक्राउ गरेको हो ।
विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि वकिल कार्यालय लगिएको बेला शौच गर्ने बाहनामा शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।
फरार भएलगतै डिएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सिमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिह्वकर्मा सिमाना पार गरि भारततर्फ जानेक्रममा दाङको दक्षिण गढवा क्षेत्रबाट शुक्रबार बेलुकी पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक कारबाही भइरहेको छ ।
