राष्ट्रियसभा बैठक स्थगित

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार १५:२६
file-photo

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

यसअघि शनिबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरी स्थगित गरिएको थियो ।

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।