मकवानपुरमा आगलागीबाट २८ लाखको क्षति

तु खबर संवाददाता
२०७९ भाद्र २८, मंगलवार १६:४४

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ अदालत डाँडा बस्ने अमरबहादर खत्रीको काठले बनेको २ तल्ले घरमा करेन्ट सट भएर आगलागी हुँदा २८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गएराति सोमबार साँझ साढे ८ बजेको समयमा करेन्ट सट भई आगलागी हुँदा घर र गोठजली नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उक्त आगलागीबाट २८ लाख १५ हजार रुपैयाँको क्षति भएको हो । आगलागीबाट मानवीय र चौपायको भने क्षति नभएको जनाएको छ ।