नेप्से ४७ अंकले बढ्दा सबै सूचकमा छायो हरियाली

तु खबर संवाददाता
२०७९ भाद्र २९, बुधबार १५:४५

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा उच्च अंकले बढेको छ । केही दिनयता लगातार गिरावट आएको पुँजीबजारमा आज एकाएक सुधार देखिएको हो ।

अघिल्लो दिन २१ अकले बढेको नेप्से परिसूचक आज ४७.४४ अंकले बढेर १९८१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक बढेसँगै लगानीकर्ताहरुमा फेरी उत्साह थपिन पुगेको छ । यसैका बाबजुत पनि आज कारोबार रकम पनि बढेको छ ।

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक फाइनान्स सूचक ५.९३ प्रीतशत र व्यापार सूचक ५.७५ प्रतिशतले बढेको छ । करोड ३४ लाख, अपि पावगरको ४ करोड २९ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।