पर्साबाट पक्राउ परिन् मकवानपुरकी मोक्तान पक्राउ
पर्सा । पर्सा प्रहरीले पर्सागढी नगरपालिका–२ बागवानाबाट अवैध लागूऔषधसहित बुधबार साँझ तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध चरेश १३ किलो ८ सय ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ बस्ने ४२ वर्षीया कल्पना मोक्ताल रहेकी छन् । प्रहरीले पक्राउ परेका अन्य दुई जनाको भने नाम सार्वजनिक गरेको छैन ।
जितपुरबाट मनवातर्फ आउँदै गरेको ना.२ ह ३१८६ नम्वरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूको साथबाट उक्त परिमाणको चरेश बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
