आज बिहान बोलाइएको महाभियोग सिफारिस समितिको बैठक स्थगित

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार ०९:०९
file-photo

काठमाडौं । आज बिहानका लागि बोलाइएको संघीय संसद, महाभियोग सिफारिस समितिको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।